काठमाडौँ । आज प्रतिनिधि सभा बैठक बस्दै छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्य तालिका रहेको छ ।
बिहान साढे ११ बजे सङ्घीय संसद् भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची थपघट गर्न समेत हुन सक्ने पनि जनाइएको छ ।