गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

२०७८, फाल्गुण २२ आइतवार

  • 657
    SHARES

  • गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

    काठमाण्डौ । नेपाली कांग्रेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पारे ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरुको सुझबुझअनुसार मूलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसद्बाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

    उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए ।

    नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पु-याएको धारणा व्यक्त गरे ।

    २०७८, फाल्गुण २२ आइतवार०३:४३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार