कोरोना अपडेट : थप ६८ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप ६८ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७८, फाल्गुण २२ आइतवार

  • 709
    SHARES

  • कोरोना अपडेट : थप ६८ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा ३ हजार १३५ पीसीआर तथा १ हजार ७९४ एन्टिजेन परीक्षण भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ।

    यससँगै ५३८ जना कोरोना संक्रमणमुक्त हनुका साथै हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार काठमाडौँमा ५ र ललितपुरमा ४ जना संक्रमित थपिएका हुन्।

     

    २०७८, फाल्गुण २२ आइतवार०४:४५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार