काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ जना र २ हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ भने कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जसअनुसार काठमाडौँमा २१ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ७ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।