कोरोना अपडेट : थप ६५ जनामा संक्रमण, १९२ जना निको

कोरोना अपडेट : थप ६५ जनामा संक्रमण, १९२ जना निको

२०७८, फाल्गुण २९ आइतवार

  • 729
    SHARES

  • कोरोना अपडेट : थप ६५ जनामा संक्रमण, १९२ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र १ हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी जम्मा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।

    यससँगै पछिल्लो २४ घण्टामा १९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन्।

     

    २०७८, फाल्गुण २९ आइतवार०४:४९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार