निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुनः सिंह

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुनः सिंह

२०७८, फाल्गुण ३० सोमवार

  • 685
    SHARES

  • निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुनः सिंह

    काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उनी पुन : निर्वाचित भएका हुन् । सिंहले ७६५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी)निर्वाचित भएका छन् ।

    यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

    कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश : रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध भएको महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले  जानकारी दिए ।

    महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश: निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन् । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।

    २०७८, फाल्गुण ३० सोमवार०१:४५:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार