काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षणमा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षणमा २६ जना गरी जम्मा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ सय ३० जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा मृत्यु शुन्य भएको छ भने यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।