सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

२०७८, चैत्र २ बुधवार

  • 645
    SHARES

  • सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

    काठमाडौँ । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । 

    मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राससलाई जानकारी दिए । 

    नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो । 

    चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । 

    २०७८, चैत्र २ बुधवार०७:०५:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार