मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

२०७८, चैत्र ४ शुक्रवार

  • 817
    SHARES

  • मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

    काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । सुन्दरी जल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बा थान पुगेका मन्त्री चौधरीले यही महिनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे ।

    जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए ।

    मुहान स्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । ‘काम निकै द्रुत रूपमा भइरहेको पाएँ, यो गति हेर्दा चैतको तेस्रो साता पानी काठमाडौं पुग्छ ।’ ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए ।

    केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति सङ्केत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए ।

    २०७८, चैत्र ४ शुक्रवार०७:३७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार