चुनावी चटारोमा अध्यक्ष ओली

चुनावी चटारोमा अध्यक्ष ओली

२०७८, चैत्र ५ शनिवार

  • 657
    SHARES

  • चुनावी चटारोमा अध्यक्ष ओली

    काठमाडौं । स्थानीय तह निर्वाचन आउन ५६ दिन बाकी रहदा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।

    १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।

    दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियान’bout बोल्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने बामविश्लेषकको भनाइ छ ।

    पछिल्लोपटक गत २ चैतमा काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिए ।

    स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उनले दिएका छन् । राजधानी दैनिकबाट

    २०७८, चैत्र ५ शनिवार०७:२४:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार