काठमाडौं । मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दैछ ।
आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको स्रोतले जनाएको छ । ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।