कोरोना अपडेट : थप ४५ जना सङ्क्रमित, १ सय ४७ जना निको

कोरोना अपडेट : थप ४५ जना सङ्क्रमित, १ सय ४७ जना निको

२०७८, चैत्र ७ सोमवार

  • 749
    SHARES

  • कोरोना अपडेट : थप ४५ जना सङ्क्रमित, १ सय ४७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ९७८ जनाको पीसीआर परीक्षणमा ४१ जना र १ हजार ७७४ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी जम्मा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टा १ सय ४७ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.५ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा मृत्यु शुन्य भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको मन्त्रालयले जनाएको छ ।

     

    २०७८, चैत्र ७ सोमवार०४:१२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार