काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका छन् ।
अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए ।