गठबन्धन स्थानीय तह हुदैं संसद्को निर्वाचनसम्म जानुपर्छः गच्छदार

गठबन्धन स्थानीय तह हुदैं संसद्को निर्वाचनसम्म जानुपर्छः गच्छदार

२०७८, चैत्र ९ बुधवार

  • 873
    SHARES

  • गठबन्धन स्थानीय तह हुदैं संसद्को निर्वाचनसम्म जानुपर्छः गच्छदार

    काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे ।

    पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे ।

    उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राखे । पार्टीका पूर्वउपसभापति गच्छदारले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गरे ।

    २०७८, चैत्र ९ बुधवार०४:१३:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार