संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

२०७८, चैत्र १० बिहिवार

  • 717
    SHARES

  • संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत गरेका नियुक्ति विवादसम्बन्धी विवादमा कारण देखाउ आदेश जारी गरेको छ ।

    कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले कारण देखाउन आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वका समयमा संवैधानिक परिषद्ले गरेका ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसहित दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

    गत शुक्रबारदेखि उक्त विवादमा सुनुवाइ सुरु भएको थियो । आज बहस सकिएर उक्त आदेश भएको हो ।

    २०७८, चैत्र १० बिहिवार०७:१२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार