कोरोना अपडेट : थप १८ जनामा सङ्क्रमण, २७१ जना निको

कोरोना अपडेट : थप १८ जनामा सङ्क्रमण, २७१ जना निको

२०७८, चैत्र ११ शुक्रवार

  • 749
    SHARES

  • कोरोना अपडेट : थप १८ जनामा सङ्क्रमण, २७१ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

    त्यसैगरी नेपालमा हाल १ हजार ९६० जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 

    २०७८, चैत्र ११ शुक्रवार०३:१७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार