राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

२०७८, चैत्र ११ शुक्रवार

  • 773
    SHARES

  • राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

    काठमाण्डौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।

    नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।

    २०७८, चैत्र ११ शुक्रवार०३:२५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार