शेखरका दुई चिन्ता : एमालेरमाओवादी नमिल्लान् भन्न सकिन्न, गठबन्धन मात्रै बन्दै गए भारतको कांग्रेस आइको हालत हुनेछ

शेखरका दुई चिन्ता : एमालेरमाओवादी नमिल्लान् भन्न सकिन्न, गठबन्धन मात्रै बन्दै गए भारतको कांग्रेस आइको हालत हुनेछ

२०७८, चैत्र १२ शनिवार

  • 813
    SHARES

  • शेखरका दुई चिन्ता : एमालेरमाओवादी नमिल्लान् भन्न सकिन्न, गठबन्धन मात्रै बन्दै गए भारतको कांग्रेस आइको हालत हुनेछ

    काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् ।

    बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए ।

    ‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भने, ‘गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नु पर्छ ।’ कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड गरे ।

    ‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक बिषयलाई मजबुत र एकजुट बनाउनु पर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनु भएको छ,’ कोइरालाले अगाडि भने, ‘यो तमाम कांग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न ।’ उनका अनुसार एमाले र माओवादी विभाजन भएको अवस्थामा सोचपूर्ण रुपले निर्णय लिनुपर्ने अवस्था छ ।

    २०७८, चैत्र १२ शनिवार०४:१४:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार