उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल

उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल

२०७८, चैत्र १२ शनिवार

  • 701
    SHARES

  • उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन् । उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताए ।

    नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए ।

    “माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,” मन्त्री पौडेलले भने । उनले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयोभन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गरे ।

    २०७८, चैत्र १२ शनिवार०५:४२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार