स्थानीय निर्वाचनका लागि ६७६ निर्वाचन अधिकृत नियुक्त

स्थानीय निर्वाचनका लागि ६७६ निर्वाचन अधिकृत नियुक्त

२०७८, चैत्र १३ आइतवार

  • 597
    SHARES

  • स्थानीय निर्वाचनका लागि ६७६ निर्वाचन अधिकृत नियुक्त

    काठमाडौं । बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । 

    स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ । 

    नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ । 

    निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना, सरुवा वा अन्य कुनै कारणले फरक परे हाल कार्यरत रहेको कार्यालयले पठाइदिनसमेत आयोगले सुचनामा जनाएको छ । 

    २०७८, चैत्र १३ आइतवार०७:३८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार