दुई लाख मतदाता थप्दै अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा निर्वाचन आयोग

दुई लाख मतदाता थप्दै अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा निर्वाचन आयोग

२०७८, चैत्र १३ आइतवार

  • 845
    SHARES

  • दुई लाख मतदाता थप्दै अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ ।

    यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो ।

    नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो ।

    दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।

    अघिल्लो निर्वाचनमा भन्दा करिब दुई लाख मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

    २०७८, चैत्र १३ आइतवार०७:५५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार