काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४४२ जनाको एन्टीजेन परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय १५ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा शुन्य मृत्यु भएको छ भने हाल मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।
नेपालमा हाल १ हजार ५५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।