चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

२०७८, चैत्र १४ सोमवार

  • 1.4K
    SHARES

  • चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

    काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । 

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । 

    मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए। 

    khop-3.PNG

    २०७८, चैत्र १४ सोमवार०२:१९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार