काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १५२ पीसीआर परीक्षण र १ हजार १५७ एन्टिजेन परीक्षण भएकोमा २१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन्।