हावाहुरीसहित वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

हावाहुरीसहित वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

२०७८, चैत्र १५ मंगलवार

  • 713
    SHARES

  • हावाहुरीसहित वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन  विभागको  आग्रह

    काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 

    राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र  गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    २०७८, चैत्र १५ मंगलवार०१:०६:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार