नेपाल बारको केन्द्रीय निर्वाचन आज

नेपाल बारको केन्द्रीय निर्वाचन आज

२०७८, चैत्र १९ शनिवार

  • 1.1K
    SHARES

  • नेपाल बारको केन्द्रीय निर्वाचन आज

    काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ । 

    नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । 

    निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ भने ४ बजे सम्पन्न हुनेछ ।  

    बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

    सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ ।

    २०७८, चैत्र १९ शनिवार०८:१६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार