प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

२०७८, चैत्र २१ सोमवार

  • 833
    SHARES

  • प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आइतवार साँझ स्वदेश फर्किएका छन् ।  

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरे ।  

    सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
     
    प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।  

    उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत महत्वपूर्ण सम्झौता भएका थिए । 

    २०७८, चैत्र २१ सोमवार०७:०८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार