काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षणमा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी जम्मा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौँमा ५ जना र भक्तपुरमा २ जना संक्रमित थपिएका हुन् ।