कोरोना अपडेट : थप १३ जनामा सङ्क्रमण, ५७ जना निको

कोरोना अपडेट : थप १३ जनामा सङ्क्रमण, ५७ जना निको

२०७८, चैत्र २३ बुधवार

  • 881
    SHARES

  • कोरोना अपडेट : थप १३ जनामा सङ्क्रमण, ५७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षणमा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५७ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मुलुकमा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने नेपालमा हाल ७६५ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ।

    २०७८, चैत्र २३ बुधवार०४:४८:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार