कोरोना अपडेट : थप १३ जनामा सङ्क्रमण, ४४ जना निको

कोरोना अपडेट : थप १३ जनामा सङ्क्रमण, ४४ जना निको

२०७८, चैत्र २६ शनिवार

  • 753
    SHARES

  • कोरोना अपडेट : थप १३ जनामा सङ्क्रमण, ४४ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ५३९ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ६१६ जनाको एन्टीजेन परीक्षणमा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४४ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

    यसैगरी नेपालमा हाल ६३७ जना सक्रिय सङ्क्रमित मन्त्रालयले जनाएको छ ।

    २०७८, चैत्र २६ शनिवार०४:२६:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार