कोरोना अपडेट : थप ४ जनामा सङ्क्रमण, ४८ जना निको

कोरोना अपडेट : थप ४ जनामा सङ्क्रमण, ४८ जना निको

२०७८, चैत्र २७ आइतवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ४ जनामा सङ्क्रमण, ४८ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ८०० जनाको पीसीआर परीक्षणमा ३ जना र ९४० जनाको एन्टीजेन परीक्षणमा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४८ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

    त्यसैगरी, नेपालमा हाल ५९२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, चैत्र २७ आइतवार०५:२७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार