मेलम्चीको पानी आजदेखि सुरुङमा पठाउने, उद्घाटनका लागि तँछाडमछाड

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाउने, उद्घाटनका लागि तँछाडमछाड

२०७८, चैत्र २९ मंगलवार

  • 1.0K
    SHARES

  • मेलम्चीको पानी आजदेखि सुरुङमा पठाउने, उद्घाटनका लागि तँछाडमछाड

    काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने भएको छ । पुनर्निर्माणको काम सकिएसँगै फिलिङका लागि सुरुङमा पठाउन लागिएको समितिले जनाएको छ ।  

    समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । ‘‘हाम्रोतर्फबाट काम सकाएका छौँ । आजदेखि नै फिलिङका लागि सुरुङमा पानी पठाउने तयारीमा छौँ,” उनले भने ।

    गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । यद्यपि उद्घाटन आजै हुने या एक दुईदिनमा र कसले उद्घाटन गर्ने भन्ने रस्साकस्सी चलिरहेको स्रोतले बतायो ।

    गठबन्धनको लिला हेर्न यस मन्त्रालयमा जाने हो भने सबै छर्लंग हुन्छ । पैसा आउने र मान पाउने कामका लागि तँछाडमछाड गरिरहेका छन् । गठबन्धन त बाहिर मात्र हो, भित्र भित्र कसले धेरै भाग खान पाउने भन्ने मै उनीहरु अल्झिरहेका छन् आक्रोशित हुँदै एक सिनियर अधिकृतले भने । 

    सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरकाअनुसार काठमाडौंमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ ।

    ‘‘स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौं आइपुग्न १५ दिन लाग्छ । प्रतिसेकेन्ड ६५ लिटरका दरले पानी पठाउँछौँ । एकैपटक खोलो हाल्ने होइन । सुन्दरीजलसम्म पानी पुगेपछि पुनः मेलम्चीमै पानी फिर्ता आउँछ । सुरुङमा पानी बढी भयो भने १० देखि १२ दिनभित्रै पानी पुग्छ । तर बाटोमा केही पानी लिकेज भयो भने १५ दिनको ठाउँमा १६ दिनपनि लाग्नसक्छ,” उनले भने ।

    २०७८, चैत्र २९ मंगलवार०८:११:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार