काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षणमा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३७ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।
त्यसैगरी नेपालमा हाल ५५४ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।