जनमत पार्टीका महासचिव चन्दन सिंहले भेटे गृहमन्त्री खाणलाई

जनमत पार्टीका महासचिव चन्दन सिंहले भेटे गृहमन्त्री खाणलाई

२०७८, चैत्र ३० बुधवार

  • 733
    SHARES

  • जनमत पार्टीका महासचिव चन्दन सिंहले भेटे गृहमन्त्री खाणलाई

    काठमाण्डौ । जनमत पार्टीका महासचिव चन्दन सिंहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।

    बुधवार गृह मन्त्रालयमा भएको भेटमा सरकारसँग जनमत पार्टीले गरेका सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो।

    ०७५ फागुन २४ मा नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे सहमति भएको थियो।

    भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए।

    निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय सही भएको गृहमन्त्री खाणको भनाइ थियो।

    सरकारसँग भएका सहमति कार्यान्वयन गर्न फेरि बैठक बस्ने र निष्कर्षमा पुग्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

     

    २०७८, चैत्र ३० बुधवार०४:३६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार