सशस्त्र प्रहरी महानिरीक्षकमा केसी, आजै दज्र्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षकमा केसी, आजै दज्र्यानी चिह्न प्रदान

२०७९, बैशाख १ बिहिवार

  • 1.1K
    SHARES

  • सशस्त्र प्रहरी महानिरीक्षकमा केसी, आजै दज्र्यानी चिह्न प्रदान

    काठमाडौँ । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को बुधबारको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई हिजै गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्नबाट समेत सुशोभन गरे । 
     
    गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएकोमा उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे ।  

    उनले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

    त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।  

    विसं २०२३ साल भदौ १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा जन्मनु भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका छन् । 

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकास लिएकाले सरकारले केसीलाई महानिरीक्षकमा पदोन्नति गरेको हो ।

    २०७९, बैशाख १ बिहिवार०७:४७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार