जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने, भ्याकेट निवेदनले पाएन अन्तरिम आदेश

जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने, भ्याकेट निवेदनले पाएन अन्तरिम आदेश

२०७९, बैशाख १ बिहिवार

  • 893
    SHARES

  • जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने, भ्याकेट निवेदनले पाएन अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले हिजो (बुधबार) सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    अदालतको उक्त आदेशसँगै जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने भएको छ ।

    सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको जनप्रतिनिधिले पुनः उठ्न आफ्नो पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

    न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत चैत ८ गते आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

    अदालतको उक्त आदेशविरुद्ध आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

    उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको छ ।

    आयोगले निर्वाचनमा सरकारी खर्चको दुरुपयोग हुन सक्ने भएकाले लाभ लिएर जनप्रतिनिधिले निर्वाचन प्रभावित पार्न सक्ने उल्लेख गर्दै आचारसंहितामा यस्तो व्यवस्था राखिएको जनाएको थियो ।

    २०७९, बैशाख १ बिहिवार०८:१३:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार