कोरोना अपडेट : थप १२ जनामा सङ्क्रमण, ३६ जना निको

कोरोना अपडेट : थप १२ जनामा सङ्क्रमण, ३६ जना निको

२०७९, बैशाख ४ आइतवार

  • 797
    SHARES

  • कोरोना अपडेट : थप १२ जनामा सङ्क्रमण, ३६ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी जम्मा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३६ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुन्य मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

    त्यसैगरी नेपालमा हाल ३७५ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 

     

    २०७९, बैशाख ४ आइतवार०३:२४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार