सत्ता गठबन्धनका मूख्य नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

सत्ता गठबन्धनका मूख्य नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

२०७९, बैशाख ५ सोमवार

  • 733
    SHARES

  • सत्ता गठबन्धनका मूख्य नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

    काठमाडौँ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक आज (सोमबार) पनि बस्दै छ ।

    स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबन्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    हिजो (आइतबार) बसेको बैठकमा दलका नेताहरुले आ(आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो । काँग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरु भागबन्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

    २०७९, बैशाख ५ सोमवार०७:३०:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार