माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

२०७९, बैशाख ५ सोमवार

  • 1.7K
    SHARES

  • माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

    काठमाण्डौ । माछा मार्न बनाएको बम पड्किँदा  लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् ।

    घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो ।

    बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    २०७९, बैशाख ५ सोमवार१२:०२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार