काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ जनाको नमुनाको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमण मुक्त भएका छन् भने कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन भने हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
यसैगरी हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५० रहेको मन्त्रालयले जनाएको छ ।