आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

२०७९, बैशाख ८ बिहिवार

  • 1.0K
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव  रहेको छ ।

    बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति गण्डकी, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

    शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का  केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।

    २०७९, बैशाख ८ बिहिवार०७:३५:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार