महानगर र उपमहानगरको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

२०७९, बैशाख ८ बिहिवार

  • 1.1K
    SHARES

  • महानगर र उपमहानगरको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो १ः०० बजे सचिवालय बैठक बस्न लागेको बस्ने बैठकमा उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको मापदण्डबारे छलफल हुने छ ।

    सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

    बैठकमा स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने बताइएको छ ।

    २०७९, बैशाख ८ बिहिवार११:४८:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार