ऊर्जामन्त्री भुसाल र स्टोनियाका नवनियुक्त राजदूतबीच भेटघाट

ऊर्जामन्त्री भुसाल र स्टोनियाका नवनियुक्त राजदूतबीच भेटघाट

२०७९, बैशाख ९ शुक्रवार

  • 749
    SHARES

  • ऊर्जामन्त्री भुसाल र स्टोनियाका नवनियुक्त राजदूतबीच भेटघाट

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गरेकी छन्।

    मन्त्रालयमा भएको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ। मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्।

    उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन्।

    जलविद्युत् विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘नेपाल जलविद्युत् लगानीको महत्त्वपूर्ण क्षेत्र हो, इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु।’

    उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिन्।

    त्यस अवसरमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिँदै नेपालसँग सहकार्य गर्न सकिने बताइन्।

    उनले ‘ई९कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने जनाउँदै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको पनि बताइन्।

    नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ।

    २०७९, बैशाख ९ शुक्रवार०२:३३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार