स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

२०७९, बैशाख ९ शुक्रवार

  • 1.3K
    SHARES

  • स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

    काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।

    एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ ।

    एमालेले अघि सारेको संकल्पअनुसार :

    -हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।

    -हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।

    -हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।

    -हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।

    -हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।

    -हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन् ।

    २०७९, बैशाख ९ शुक्रवार०३:५६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार