प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

२०७९, बैशाख ९ शुक्रवार

  • 809
    SHARES

  • प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेका नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यति बेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेकामा उनीप्रति आभार पनि व्यक्त गरे ।

    प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गरे ।

    महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुसी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए ।

    महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका थिए । 

    २०७९, बैशाख ९ शुक्रवार०४:४२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार