आज पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

२०७९, बैशाख १४ बुधवार

  • 973
    SHARES

  • आज पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाण्डौ । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।  बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ ।

    प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक(दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

    महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

     

    २०७९, बैशाख १४ बुधवार०६:५१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार