काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ ।
आयोगले हिजो उम्मेदवारको विरोधमा उम्मेदवारविरुद्ध उजुरी दिन आह्वान भएको थियो ।
हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि छानबिन गरेर नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने , १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनका साथै १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।