आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा हुने

आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा हुने

२०७९, जेठ २६ बिहिवार

  • 853
    SHARES

  • आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा हुने

    काठमाडौँ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, जेठ २६ बिहिवार०७:२५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार