प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा

२०७९, जेठ ३० सोमवार

  • 1.1K
    SHARES

  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । 

    आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो ।

    आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो ।’ यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मिति’दयगत छलफल गरेको थियो । तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ ।

    तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन् । उनले संसद्बाट आर्थिक वर्ष २०७९-८० को बजेट पारित भएपछि आयोगसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन छलफल अघि बढाउने योजना बनाएका छन् । देउवा स्थानीय तह निर्वाचनको परिणामबाट हौसिँदै आएका छन् ।

    गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने विषयमा यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनौपचारिक छलफल भएको थियो ।

    २०७९, जेठ ३० सोमवार०८:०१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार