राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् - 'राजीनामा दिएकै छैन'

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् - 'राजीनामा दिएकै छैन'

२०७९, आषाढ १६ बिहिवार

  • 809
    SHARES

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् - 'राजीनामा दिएकै छैन'

    दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भन्ने अझै राजीनामा भने दिइनसकेको बताएकी छन् ।  

    अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब रहँदै आएको छ।' यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    ‘उनले राजीनामा दिइसकेकी छन्, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । तर विमलाले भने राजीनामा बुझाउन नमानेको र उनलाई मन्त्री पदबाट हटाउने पक्का छ।

    स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भनेकी छन् । ‘म राजीनामा दिन्नँ, तपाईंहरूले नै कारबाही गरेर पदबाट हटाउनुस् भने,' स्रोतले भन्यो ‘उनले आफैँ राजीनामा नदिने भएपछि अब उनलाई पदमुक्त गर्ने पक्का भएको छ।’  

    २०७९, आषाढ १६ बिहिवार०७:४९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार